arrow

सर्वदलीय बैठक : देउवा, प्रचण्ड जाने, खनाल-नेपाल नजाने

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
sital-niwas.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा जाने भएका छन् ।

तर सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल र माधवकुमार नेपाल भने नजाने भएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका देउवाका सहयोगी भानु देउवाले सभापति सर्वदलीय बैठकमा केही बेरमा जाने जानकारी दिए ।
तर एमाले नेता विष्णु रिजालले भने खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा नजाने जानकारी दिए ।  उनले भोलिबाट सुरु हुने राष्ट्रिय भेलाको तयारीका कारणले दुवै जना नेता सर्वदलीय बैठकमा नजाने भएको जानकारी दिएका हुन् ।

बैठकमा माओवादी केन्द्रकारतर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने जाने तयारीमा छन् ।

राष्ट्रपति भण्डारीले अहिले साँझ नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरूलाई छलफलमा बोलाएकी हुन् ऽ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ