arrow

सुरु हुने बित्तिकै सकियो सर्वदलीय बैठक

दलहरूले राखे गुनासो

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
sital-niwas.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक सकिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा भएको सर्वदलीय बैठक भर्खरै सकिएको हो ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरूले राष्ट्रपति समक्ष मुलुकको अवस्थाको विषयमा गुनासो राखेको बताए ।

‘कसको अवस्थाले गर्दा मुलुकमा यस्तो अवस्था आयो ?, राष्ट्र प्रमुख र प्रधानमन्त्रीले पनि जिम्मेवारी लिनु पर्छ कि पर्दैन ?,भन्ने गुनासो दलहरूले राखे, बैठक छोटो भयो,’ बैठकबाट बाहिरिदैं केसीले भने ।

बैठकमा आफ्नो बङ्गलादेश भ्रमणबारे समेत दलहरूलाई राष्ट्रपतिले जानकारी गराएको उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ