- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन् । अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन् ।
स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोना विरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन् ।
सरकारले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यसअघि अत्यावश्यक सेवामा काम गर्ने व्यक्तिले खोप लगाइसकेका छन् । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले मंगलबारसम्म खोप लगाइसकेका छन् ।