arrow

ओलीले पार्टी भित्र गुटबन्दी सुरु गरे : झलनाथ खनाल

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
nepal-khanal-cpn.jpg

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् ।  बुधवारबाट सुरु खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई सानेपामा सम्बोधन गर्दै खनालले ओलीले पार्टी भित्र गुटबन्दी गर्दै पार्टीलाई नै विभाजन गर्ने दुष्प्रयास गरिरहेको बताए ।

‘केपी ओलीको पार्टी भित्र गुटबन्दी गरे, पार्टीलाई विभाजन गर्ने दुष्प्रयास गरे, त्यसका विरुद्ध देशव्यापी रोष प्रकट भएको छ, त्यसलाई रोक्न यो छलफल आयोजना गरिएको हो,’ एमाले वरिष्ठ नेता खनालले भेलालाई सम्बोधन गर्दै भने ।

खनालले ओलीले सरकारको नेतृत्व गरेदेखि नै पार्टी दक्षिणपन्थी भड्काउमा भासिँदै गएको र गुटबन्दी बढ्दै गएकोसमेत दाबी गरे ।  ओलीले माओवादी केन्द्रसँग भएको पार्टी एकतालाई समेत भङ्ग गर्नतर्फ अघि बढेको भन्दै त्यसपछि झनै कम्युनिस्ट एकतामाथि समस्या आएको तर पनि त्यसलाई रोक्न पटक पटक आफूहरूले पार्टी भित्रैका बैठकहरूमा आवाज उठाउँदै आएको बताए ।

खनालले पार्टी भित्रको समस्या समाधान गर्न नसकेर ओलीले संसद नै विघटन गरेको र सो कदमका विरुद्धमा समेत आफूहरू राजनीतिक र संवैधानिक लडाइँ लड्दै अघि बढेको बताए ।

सर्वोच्चको पछिल्लो फैसलाले पार्टीलाई पुरानै अवस्थामा फर्काउँदा समेत ओलीले पुरानो प्रवृत्ति नछाडेको र नयाँ परिस्थितिमा पार्टीका सबै नेतासँग विचार, विमर्श र छलफल गरेर नयाँ पहलकदमी गर्नुपर्नेमा उल्टै बालुवाटारमा गुट बैठक राखेर एकलौटी निर्णय गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ