arrow

कूल मतदाता संख्या १ करोड ६२ लाख ४३ हजार पुग्यो

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
election-commission1.jpg

काठमाडौं। निर्वाचन आयोगले पछिल्लो पटक थप भएका नयाँ मतदातासहित देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार पुगेको बताएको छ । आयोगले पछिल्लो समय सङ्कलित नामावलीलाई अद्यावधिक गर्दै देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता पुगेको बताएको हो । 

सरकारले गत ५ पुसमा प्रतिनिधि सभा विघटनको निर्णय गरेर वैशाखका लागि नयाँ निर्वाचनको मिति तोकेपछि नाम सङ्कलन कार्य रोकेको थियो भने सङ्कलित नामावली अद्यावधिक गरेको थियो । तर सरकारले तोकेको निर्वाचन भने स्थगित भइसकेको छ । 

आयोगले निकालेको नयाँ नामावली सूची अनुसार सबैभन्दा धेरै मतदाता मोरङ जिल्लामा ६ लाख ६९ हजार ४ सय ९० र त्यसपछि काठमाडौंमा ६ लाख १३ हजार ४ सय ९७ जना रहेका छन् । यस्तै सबैभन्दा कम मनाङमा ५ हजार ९ सय ७६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले गत ५ पुसदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य पुनः ५ चैतदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरु गर्ने निर्णय गरेको छ । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ