arrow

सुजाता भन्छिन्– लुम्बिनी क्षेत्रसँग गिरिजाबाबुको महत्वपूर्ण सम्बन्ध थियो 

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
gp-koirala-foundation1.jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ को ११ औं स्मृति दिवस मनाइएको छ । गिरिजाबाबुको ११ औं स्मृति दिवसको सन्दर्भमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन रुपन्देहीको आयोजनामा विश्व शान्तिको केन्द्रभूमि लुम्बिनीमा शान्तिदीप प्रज्ज्वलन भएको हो । 

गिरिजा पुत्री सुजाता कोइरालाले गिरिजाबाबुको  लुम्बिनी क्षेत्रसंग बिशेष र महत्वपूर्ण सम्बन्ध रहेको बताएकी छिन् । लुम्बिनीको बृहत्तर विकासको लागि सधैँ नै गिरिजाबाबुले चासो राख्ने गरेको उनले सुनाइन् । 

सम्पूर्ण बुद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको तथा नेपालको धार्मिक तथा पर्यटनको  प्रचुर सम्भावना रहेको लुम्बिनी क्षेत्रलाई हामीले जति प्राथमिकता साथ अगाडि बढाउनु पर्ने थियो त्यो हुन नसकेकोमा गिरिजाबाबु सधै त्यसलाई कसरी तीव्र गतिमा विकास गरेर अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउन सकिन्छ भनेर क्रियाशील रहँदै आएको सुजाताले बताइन् । 

दोस्रो विश्वयुद्द पछि विश्व शान्तिको कामना गर्दै एक जापानी भिक्षु फुजी गुरुजीले सन् १९४७ मा विश्वका विभिन्न ठाउँहरुमा शान्ति स्तुपा निर्माण गर्ने घोषणा गरेअनुसार पहिलो विश्व शान्ति स्तुपा सन् १९५४ मा जापानको कुमामोतोमा उद्घाटन भएको थियो । 

जापानको हिरोसिमा र नागाशाकीमा एटम बम प्रहार पछि मानवजीवन र भौतिक संरचनामा ठूलो क्षति भयो र विश्व  शान्ति स्थापना एउटा प्रमुख मुद्धा बन्न पुग्यो । 

सोहि शिलशिलामा भिक्षु फुजी गुरुजीको विश्व शान्ति स्तुपा निर्माण अभियान अन्तर्गत शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि बनाउँदा लुम्बिनी क्षेत्रको पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलने र विश्व पर्यटनको केन्द्र बनाउन थप टेवा पुग्ने मनसायले गिरिजाबाबुले सो योजनालाई अगाडि बढाउन सहयोग  गरेपछि सन् १९९३ मा उद्घाटन गरेको सुजाता बताउँछिन् । 

त्यसैगरी विश्व शान्तिको केन्द्रको रुपमा लुम्बिनीलाई विकास गर्न थप पहल होस् भनेर र संसार भरि बौद्ध धर्म गुरुहरुमार्फत प्रचार गर्न र विश्वभरि संदेश प्रबाह होस् भनेर विश्व बौद्ध सम्मेलन आयोजना गर्न स्थानीय समितिहरुलाई निर्देशनसमेत दिएका थिए । सोही अनुरुप गिरिजाबाबुले सम्मेलनको उद्घाटन  सन् २००१ मा गरेका थिए । 

उनले लुम्बिनी गुरुयोजना छिटो सम्पन्न गर्नको लागि पनि पहल गरेको गिरिजा प्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ