arrow

खनाल-नेपाल पक्षका सांसद ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
Oli-Khanal-Nepal.jpg

काठमाडौं  । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् ।

बिहीबार बिहान सानेपास्थित हेरिटेज गार्डेनमा भएको छलफलपछि सो समूहका स्थायी कमिटीका सदस्यबाहेकका अन्य सांसदहरु ओलीले बोलाएको बैठकमा सहभागी हुने सहमति भएको सांसद गणेश पहाडीले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज बिहीबारका लागि आफ्नो सरकारी निवास वालुवाटारमा पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ