arrow

फुटको संघारमा जसपा

जसपा सांसद भन्छन्-‘अब जसपा फुट्यो, सहेर बस्ने अवस्था छैन’

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
JASAPA.jpg

काठमाडौं । पार्टी भित्र प्रतिगमन पक्षधर शक्तिलाई साथ दिने अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको कित्ता प्रष्ट भएपछि जनता समाजवादी पार्टी नेपाल फुटको संघारमा पुगेको छ ।

जसपाको बिहीबारका लागि बोलाइएको कार्यकारिणी समितिको बैठक एकाएक स्थगित भएपछि अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर नेताहरु पार्टीलाई प्रतिगमनको साक्षी बनाउन बैठक स्थगित गरिएको भन्दै आक्रोशित बनेका छन् ।

जसपाका एक सांसदले केपी ओलीलाई साथ दिने रणनीतिमा रहेका ठाकुर र महतोले पार्टीका बहुमत सांसदको कुरा नसुनी मनोमानी ढंगले बैठक स्थगित गरेको बताए ।

‘प्रतिगमन पक्षधर केपी ओलीलाई साथ दिने ठाकुर र महतोको प्रष्ट लाइन देखियो, अब यसरी पार्टी चल्दैन, बहुमत सांसदहरुको राय नसुन्ने यस्तो पनि हुन्छ ?, अब जसपा फुट्यो, सहेर बस्ने अवस्था छैन,’ नाम उल्लेख नगर्ने शर्तमा जसपाका एक सांसदले भने । 

उनले जसपाको बलियो बनेको पार्टी संगठनलाई ध्वस्त पार्ने गरी षड्यन्त्र भइरहेको र त्यो षड्यन्त्रमा ठाकुर र महतो लागेको ती सांसदले आरोपसमेत लगाए । जसपा भित्र हाल ओलीले नेतृत्व गरेको यही सरकारमा जाने की संविधान तथा व्यवस्था विरोधी यो सरकारको विकल्पमा नयाँ गठबन्ध बनाउने भन्नेमा विवाद बढ्दो छ ।

ओलीले नेतृत्व गरेको सरकारलाई नै साथ दिनुपर्ने पक्षमा ठाकुर र महतो छन् भने यादव र भट्टराई संविधान नमान्ने, संसद विघटन गर्ने र व्यवस्थालाई नै खलबलाउन खोज्ने ओलीलाई साथ दिन नहुने र ओलीको विकल्पको गठबन्धन बनाउनुपर्ने पक्षमा उभिंदै आइरहेका छन् । 

सोही विषयमा छलफल गर्न भन्दै जसपाले विहीबार ११ बजेका लागि कार्यकारिणी समितिको बैठक डाकेको थियो । तर बैठक बस्दै नबसी स्थगित गरिएको छ । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको समायोजन, संसदीय दलको नेता चयन लगायतको विषयमा छलफल तोकिएको थियो ।

आफूहरुको माग जसले पुरा गर्छ त्यसैलाई सहयोग गर्ने भन्दै जसपाका अध्यक्ष ठाकुरलगायतका नेताहरुले सार्वजनिक रुपमा नै धारणा दिंदै आइरहेका छन् ।

तर, ओलीले नेतृत्व गरेको वर्तमान सरकारलाई कुनै हालतमा सहयोग गर्न नसकिने अध्यक्ष यादवलगायतका नेताहरुले भनाइ छ । सोही विवादलाई निरुपण गर्न कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । पछिल्लो समय पूर्व राजपाका शीर्ष मध्येका नेताहरु महेन्द्र यादव र शरतसिंह भण्डारीलेसमेत यादव र भट्टराईलाई साथ दिदै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ