arrow

भारतमा पनि फेसबुक र गुगललाई समाचार बापत पैसा तिराउन कानुनको माग

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
google-facebook.jpg

काठमाडौं  । भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता सुशील कुमार मोदीले फेसबुक र गुगलले समाचार प्रयोग गरे बापत सञ्चार गृहलाई पैसा दिनु पर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । सांसद एवं राज्यसभा सदस्य समेत रहेका वरिष्ठ नेता मोदीले राज्यसभामा बोल्दै यस्तो प्रस्ताव गरेका हुन् ।

फेसबुक, गुगल र युट्युबले स्वतन्त्र रूपमा प्रयोग गरिरहेका समाचारका लागि मिडियालाई भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्छ । यसका लागि सरकारले अष्ट्रेलियाले जस्तै कानुन ल्याउनुपर्छ उनले भनेका छन् ।

प्रिन्ट मिडिया र ब्रोडकास्टिङ मिडियाहरू कोरोना भाइरसको महामारीका कारण सङ्कटमा रहेका बेला उनले यस्तो प्रस्ताव अघि सारेका हुन् । गत महिना भारतीय न्युज पेपर सोसाइटी (आएएनएस)ले पनि सञ्चार गृहहरूलाई बढी रकम भुक्तानी गर्न आग्रह गरेको थियो ।

अष्ट्रेलियाले हालै यस्तै किसिमको कानुन अघि सारेको थियो । जस अनुसार गुगल र फेसबुकमा देखिने समाचारका लागि ती कम्पनीहरूले समाचार प्रकाशक सञ्चार गृहलाई पैसा दिनुपर्छ । यसै अनुसार अष्ट्रेलियाका विभिन्न सञ्चार गृहहरूसँग गुगल र फेसबुकले सम्झौता समेत गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ