arrow

मेगा बैङ्क बन्यो एसियाली विकास बैङ्कको साझेदार बैङ्क

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
mega-bank.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेड एसियाली विकास बैङ्क (एडिबी) को साझेदार बैङ्क बनेको छ। नेपालका ‘क’ वर्गका वाणिज्य बैङ्क मध्ये मेगा बैङ्क एसियाली विकास बैङ्कको आठौँ साझेदार बैङ्क बनेको हो।

दिगो विकास लक्ष्यका अवधारणाहरूलाई पालना गर्दै सदस्य राष्ट्रका बैङ्क तथा वित्तीय संस्थाहरू मार्फत साना, मझौला व्यवसाय तथा उत्पादन मूलक उद्योग व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले एसियाली विकास बैङ्कले अन्तर्देशीय व्यापारका लागि ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम ल्याएको छ। नेपालका साना तथा मझौला व्यवसाय तथा उत्पादन मूलक क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले नै मेगा बैङ्क र एडिबीको यो साझेदारी भएको बैङ्कले जनाएको छ।

यो साझेदारीपछि मेगा बैङ्कमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा व्यवसाय गर्ने ग्राहकहरूलाई अब कारोबार गर्न सहज हुने भएको छ। सामान आयात तथा निर्यातका लागि प्रतीत पत्र जारी गर्दा एसियाली विकास बैङ्कले प्रत्याभूति पत्र (ग्यारेन्टी) दिने काम गर्छ। जसले नेपालको व्यवसाय प्रवर्धन गर्न मद्दत मिल्नुका साथै रोजगारी सिर्जनामा पनि सहयोग मिल्ने मेगा बैङ्क नेपाल लिमिटेडको विश्वास छ।

मेगा बैङ्क नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली भन्छिन्, ‘एडिबीको साझेदार बन्न पाउनु मेगा बैङ्कका लागि गर्वको कुरा हो, मेगा बैङ्कका ग्राहकहरूलाई अब अन्तर्देशीय व्यवसाय गर्न थप सहज र सरल हुने विश्वास लिएको छु।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ