arrow

माउ पार्टी ब्युँताएपछि वाइसिएल चलायमान बनाइँदै

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी ब्युँताएपछि बुधवार र बिहिवार बसेको वाइसिएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो । भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसिएलका सचिव पुष्प ओलीले जानकारी दिए ।

सङ्गठनलाई चलायमान गराउनका लागि भन्दै राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्मका भेला आयोजना हुने र राष्ट्रिय भेलाका प्रतिनिधि प्रदेश भेलाबाट चुनिएर आउने छन् ।

बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णयसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ