arrow

युरोपा लिगः को को पुगे क्वार्टरफाइनलमा ? 

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
dynamamo-jagrev.jpg

काठमाडौं । युरोपा लिग फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिहीबार राति भएका सबै आठ वटै अन्तिम १६ का दोस्रो लेगका खेलपछि क्वार्टरफाइनल समीकरण पूरा भएको हो । 

इङ्गलिश क्लब आर्सनल अन्तिम आठमा पुग्दा अर्को इङ्गलिश क्लब टोटनह्याम हट्सपर भने बाहिरिएको छ । तर म्यानचेस्टर युनाइटेड पनि क्वार्टरफाइनलमा पुगेको छ । 

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १–० ले पराजित भए पनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो ।

घरेलु मैदानमा हारपछि पनि आर्सनल समग्रमा ३–२ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा आर्सनलले ३–१ गोलको फराकिलो जित निकालेको थियो ।

१० खेलाडीमा सीमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे ।

टोटनह्याम बाहिरियो
टोटनह्याम भने अन्तिम १६ बाटै बाहिरिएको छ । दोस्रो लेगमा क्रोएसियाको डाइनामो जाग्रेबसँग ३–० गोलको फराकिलो अन्तरले पराजित भएपछि समग्रमा ३–२ को हार व्यहोर्दै बाहिरिएको हो । घरेलु मैदानमा जाग्रेबलाई जित दिलाउन मिस्लाभ ओर्सिचले ह्याट्रिक गरे ।

पहिलो लेगमा टोटनह्यामले २–० गोल अन्तरको जित निकालेको थियो । 

म्यानचेस्टर युनाइटेड पनि क्वार्टरफाइनलमा
म्यानचेस्टर युनाइटेडले बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा पुगेको हो । 

युनाइटेड समग्रमा २–१ गोल अन्तरको जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाइटेड र मिलानले १–१ गोलको बराबरी खेलेका थिए ।

मिलानको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे ।

को को पुगे क्वार्टरफाइनलमा
इङ्गलिश क्लबहरु म्यानचेस्टर युनाइटेड र आर्सनलसँगै स्पेनिश क्लबहरु ग्रानाडा र भिल्लारियाल पनि अन्तिम आठमा पुगेका छन् । 

त्यस्तै डाइनामो, आयाक्स र एएस रोमा पनि क्वार्टरफाइनलमा पुगेका छन् । त्यस्तै स्लाभिया प्राग पनि पनि क्वार्टरफाइनलमा पुगेको छ । 

यस्तो छ बिहीबार रातिको खेलको नतिजा
आर्सनल ०–१ ओलम्पियाकोस
डाइनामो जाग्रेब ३–० टोटनह्याम
मोल्डे २–१ ग्रानाडा
शक्तर दोनेस्क १–२ रोमा
एसी मिलान ०–१ म्यानचेस्टर युनाइटेड
रेन्सर्ज ०–२ स्लाभिया प्राग
भिल्लारियल २–० डाइनामो किभ
यङ्ग ब्याइज ०–२ आयाक्स 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ