arrow

पूर्व राजपाको छुट्टै भेला, पार्टी फुटको तयारी !

logo
आकाश शर्मा,
प्रकाशित २०७७ चैत ६ शुक्रबार
jasapa-rajpa.jpg

काठमाडौँ। जनता समाजवादी पार्टीका नेताहरू प्रष्ट्र सँग दुई कित्तामा बाँडिएको बेला पूर्व राष्ट्रिय जनता पार्टीका नेताहरूले बिहीबार साँझ इन्द्रेणी फुडल्याण्डमा छुट्टै भेला गरेका छन्।

बिहीबार बस्ने भनिएको जसपाको कार्यकारिणी समितिको बैठक स्थगित भए पछि बिहीबार साझा पूर्व राजपाका नेताहरूले छुट्टै भेला गरेका हुन्। पूर्व राजपाका महासचिव राजीव झाले इन्द्राणी फुडल्याण्डमा पूर्व राजपाका नेताहरूको छुट्टै भेला भएको स्वीकार गरे।‘हामी उधारोमा होइन, नगदमा सहमति गर्न चाहन्छौ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले नगदमा जसपाको हाम्रो माग पूरा गर्छु भनिरहनु भएको छ’झाले भने,‘त्यसैले हामी ओलीलाई समर्थन गर्ने निष्कर्षमा पुगेका छौ।’ तर जसपाका केही शीर्ष नेताहरू नगदमा सहमति नगरी उधारोमा सहमति गर्न चाहेको उनले आरोप लगाए। ‘माओवादी केन्द्रसँग सहमति गर्‍यौ भने त्यो उधारोमा हुने छ नगदमा होइन। तर दुखको कुरा, हाम्रै पार्टीका केही शीर्ष नेताहरू उधारोमा सहमति गर्न खोज्नु भएको छ’उनले भने। उधारोमा सहमति गर्न खोज्नेहरूले पार्टीलाई नोक्सानीमा पुर्‍याउने उनको ठहर छ।

पार्टीका एक कार्यकारिणी समितिका सदस्यका अनुसार, बिहीबार जसपाको कार्यकारिणी समितिको बैठक बसेको भए बिहीबारबाटै पार्टी फुटको प्रक्रिया सुरु हुने थियो। उक्त बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले एउटा मात्र एजेन्डा बैठकमा राख्ने तयारी गरेका थिए। उनले केपी ओली सरकारलाई प्रतिगमनकारी सरकार भन्दै ओलीसँग कुनै पनि अवस्थामा सहकार्य नगर्ने एजेन्डा बैठकमा ल्याउने तयारी गरेका थिए। यस्तो तयारी भएको पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुरले थाहा पाए पछि बैठक स्थगित गरिएको ती नेताले बताए।

पूर्व राजपाका भेलामा अध्यक्ष ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झाको लगायतका नेताहरूको उपस्थिति रहेको थियो। भेलामा महेन्द्र यादव भने सहभागी भएनन्। पछिल्लो समयमा उनले उपेन्द्रलाई साथ दिँदै आएका छन्।

स्रोतका अनुसार बिहीबार साँझ पूर्व समाजवादीका शीर्ष नेताहरूले पनि छुट्टै बैठक गरेका थिए। ‘यसरी दुई गुटका भेला र छुट्टाछुट्टै बैठक बस्न थाले पछि यो फुटको पूर्व अभ्यास हो’अर्का एक नेताले बताए।

पार्टी अहिले दुई कित्तामा बाँडिएको छ। एउटा कित्ताको नेतृत्व महन्थ ठाकुर, र राजेन्द्र महतोले गरेका छन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग लचिलो हुँदै छन्। अर्को कित्ताको नेतृत्व उपेन्द्रले गरेका छन्। उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग निकट मानिन्छ। उपेन्द्रलाई बाबुराम भट्टराई ले साथ दिएका छन्। बाबुराम र उपेन्द्र कुनै पनि अवस्थामा ओलीसँग मिल्ने पक्षमा छैनन्। तर महन्थले दाहाललाई मन पराउँदैन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ