arrow

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा 

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
agni_kharel.JPG

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार शीतलनिवासमा खरेलको राजीनामा पत्र पुगिसकेको छ ।

खरेलले केहीबेरमा महान्यायाधिवक्ता कार्यालयमा पत्रकारसम्मेलन गर्दै राजीनामाको घोषणा गर्दै छन् । खरेलले टेलिफोन संवादमा पत्रकारसम्मेलनबाटै सबै कुरा खुल्ने भन्दै केही बताउन चाहेनन् ।

स्रोतका अनुसार यसअघि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर राजीनामा दिन लागेको जानकारी गराइसकेका थिए ।

उनले यसअघि नै राजीनामा दिने चर्चा चलेको भएपनि संसद विघटनको मुद्दामाथिको बहस अदालतमा जारी रहेका कारण घोषणा गरेका थिएनन् ।

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस चल्दै गर्दा महान्यायाधिवक्ताले दह्रो रुपमा सरकारको पक्षमा बहस गर्न नसकेको भन्दै प्रधानमन्त्री खरेलसँग असन्तुष्ट रहँदै आइरहेका थिए ।

खरेल नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनले महान्यायाधिवक्ता नियुक्त भएपछि एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ