arrow

प्रम ओलीले बडाललाई गरे महान्यायाधिवक्तामा सिफारिश

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
kp-olis3.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गरेका छन् ।  अग्निप्रसाद खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि प्रम ओलीले रमेश बडाललाई सिफारिश गरेका हुन् ।

 उनको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिएका थिए । उनले शुक्रवार महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिइएको जानकारी दिए ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उनले बताएका छन् ।



नयाँ