arrow

एमाले निकट युवा संघको राष्ट्रिय भेला शनिवार

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
yuba_sangh.jpg

काठमाडौं । नेकपा (एमाले) निकट युवा संघ नेपालले चैत्र ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने भएको छ । युवा संघले शुक्रबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते शनिवार राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । उनले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृसंगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताए । अदालतको निर्णयले पार्टी र भातृसंगठनलाई ३ जेठ २०७५ भन्दा अगाडी पुर्याएको उनको ठहर थियो ।

 उनले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको बताए ।   

शनिवार हुने भेलामा केन्द्रिय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरुको सहभागिता हुने संघले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ