- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा २ हजार २ सय २७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागी रहेका थिए ।
सबै प्रदेशका परीक्षा केन्द्रमा सञ्चालन भएको सो परीक्षाको नतिजा शुक्रवार साँझ प्रकाशित गरिएको हो । सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन हुने गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले बताए ।