arrow

भारतद्वारा नुवाकोटमा पुनर्निर्माण गरिएका चार विद्यालयहरुको उद्घाटन

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
nepal-india-school.JPG

काठमाडौं । भारतको सहयोगमा पुर्ननिर्माण गरिएका चारवटा विद्यालय भवनको उदघाटन भएको छ । शुक्रवार श्री सरस्वती माध्यामिक विद्यालय, श्री कालिका माध्यमिक विद्यालय, श्री पिमलटार माध्यमिक विद्यालय र श्री पञ्चलिङ्ने माध्यमिक विद्यालयहरु उदघाटन गरिएका हुन् ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएका चार विद्यालयहरुको प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रमुख नवीन कुमार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

विद्यालय भवनहरु भारत सरकारको आर्थिक सहयोग अन्तर्गत पुनर्निमाण गरेर हस्तान्तरण गरिएका हुन् । कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (नुवाकोट), ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका प्रतिनिधि एवम् अन्य सरोकारवालाहरुको उपस्थिति थियो ।


चार विद्यालयहरुको पुनर्निर्माण लागत करिब १६.७ करोड नेपाली रुपैया रहेको भारतीय राजदुतावसले जनाएको छ । नवनिर्मित विद्यालयमा कक्षा कोठा भवन, प्रशासनिक भवन, अभ्यास भवन र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहेको छ । यी चार विद्यालयमा अध्ययनरत १८ सय भन्दा बढी विद्यार्थीका लागि नवनिर्मित संरचनाले अझ प्रभावकारी वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभाग प्रमुख नवीन कुमारले राष्ट्र र जनताको सुनिश्चित भविष्यका लागि शिक्षा नै सर्वोत्तम लगानी रहेको कुरामा विशेष जोड दिए । शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदानगर्दै भारत सरकारले सन् २००३ यता सयौं शैक्षिक क्याम्पस निर्माण गरिसकेको छ । राष्ट्रको विकासमा योगदान पु¥याउन र भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउन भारत सरकारले प्रदान गर्दै आएको तीन हजार भन्दा बढी छात्रवृत्तिको लाभ लिन कुमारले नेपाली विद्यार्थीलाई प्रोत्साहित गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ