arrow

राष्ट्रपतिले महान्यायाधिवक्तामा बडाललाई गरिन् नियुक्त

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
Ramesh_Badal.JPG

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी छन्  । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता रमेश बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्  ।

यसअघि  राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका थिए।

राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ