arrow

मेरा दुई नारा छन्- कि इतिहास झल्कने, कि आधुनिकता टल्कने : ओली

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
KP-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आधुनिकतामा प्रवेश गरेको बताएका छन् । शुक्रबार बालुवाटारमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा उनले सरकारले तीन वर्षमा अभूतपूर्व र असाधारण काम गरेको पनि दाबी गरे । 

छोटो अवधिमा पूर्वाधार तथा विकासमा धेरै काम भएको उनको भनाइ थियो । ओलीले भने, ‘आधुनिक नेपालको नारा मैले दिएको छु– कि इतिहास झल्कने, कि आधुनिकता टल्कने । हामी गौरवपूर्ण इतिहासलाई आत्मसात गर्दै आधुनिकताका काम गर्छौं ।’

छोटो अवधिमा देशको आर्थिक परिचय बदल्न चाहेको उल्लेख गर्दै उनले पूर्वाधार विकासका पक्षमा, सडक निर्माणमा धेरै काम भएको उल्लेख गरे ।

कार्यक्रमका अवसरमा २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा एमाले प्रवेश गरेका छन् । विभिन्न उद्योगी व्यवसायीहरुसँग प्रधानमन्त्रीसँग आफ्ना समस्याहरु राखेको छन् ।



नयाँ