- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
खनाल-नेपाल नेतृत्वको समूह कारबाहीको भागीदार रहेको भन्दै उनीहरुलाई कारबाही हुने बताएका हुन् । त्यस्तै संसदीय बोर्डले पनि गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको जिकिर गरे ।
बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनले खनाल–नेपाल समूहले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाको पनि चर्को आलोचना गरे ।
यता, खनाल-नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार गएका थिए । सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् ।