arrow

बामदेवको दाबी : राष्ट्रपतिबाट चुनिएको सांसद हुँ, मलाई ह्वीप लाग्दैन्

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
bidhya-bhandari-bamdev-gaut.jpg

काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले आफू राष्ट्रपतिबाट चुनिएको सांसद भएकाले संसदीय दलको ह्वीप नलाग्ने दाबी गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको दलको बैठकमा पुगेका गौतमले आफू राष्ट्रपतिबाट चुनिएकाले दलको ह्वीप नलाग्ने बताएका हुन्। सो अवसरमा ओलीले गौतमलाई पार्टी एक ढिक्का बनाएर अघि बढाउन भूमिका खेल्न आग्रह गरेका छन्। जवाफमा नेता गौतमले पार्टी एकताकै लागि भूमिका खेलेको स्मरण गराएका थिए।

बैठकमा गौतमले ‘म राष्ट्रपतिबाट चुनिएको सांसद हुँ। मलाई ह्वीप लाग्दैन भन्ने मेरो बुझाइ हो। संसदीय दलको बैठकमा मलाई नबोलाए पनि म दलको निर्देशन भन्दा बाहिर जान्न’ भने।

बैठकमा एमालेको विधान संशोधन प्रस्ताव अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजान निर्णय पनि भएको छ। यसअघिको बैठकले विधान संशोधन गर्ने भन्दै २४ सदस्यीय कार्यदल गठन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ