arrow

एमालेको १० औं महाधिवेशनका लागि आयोजक कमिटी गठन, चार नेतालाई स्पष्टीकरण

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
NEKAPA1.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको १२ औं बैठकले  विद्यमान दुई सय ६४ सदस्सीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको हो ।

बैठकले वर्तमान अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल आयोजक समितिको क्रमशःअध्यक्ष तथा महासचिव रहने निर्णय समेत गरेको छ ।

वैठकले १० औं राष्ट्रिय महाधिवेशन मंसिर २ गते देखि ६ गते सम्म गर्ने निर्णय समेत गरेको छ । यसैगरी संगठन विभाग प्रमुख विष्णु पौडेल र नेता टोपबहादुर रायमाझीलाई जनवर्र्गीय संगठनको व्यवस्थापनको जिम्मेवारी पनि दिएको छ । 

बैठकले महाधिवेशन आयोजक कमिटिका बैठकहरुको माइन्युट गर्ने जिम्मेवारी विष्णु रिमाल र प्रदीप ज्ञवालीलाई दिएको छ । यसैगरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९(अप्रिल २२) कादिन नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको स्थल मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय समेत गरेको छ ।

चार नेतालाई स्पष्टीकरण सोधिने 

बैठकले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई पार्टी विपरितका गतिविधि गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ