arrow

केपी ओली एमालेको 'वान म्यान आर्मी'

केन्द्रीय कमिटीको अधिकार गरे आफूमा निहित

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
KP-OLI-SIR.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र एक छत्र राज गर्ने सोचका साथ अघि बढेका छन् । ओलीले आफ्नोनो तर्फबाट राखेको केन्द्रीय कमिटीको बैठकबाट सबै अधिकारहरु आफूमा निहित गरेर पार्टीभित्र आफू नै सर्वेसर्वा भएको पुष्टि गरेका छन् । 

शनिवार वालुवाटारमा भएको बैठकबाट ओलीले स्थायी कमिटी विस्तार, संसदीय दलको विधान संशोधन गरेर निर्वाचन आयोगमा पत्रचार गर्ने अधिकार र समानुपातिक सांसदहरु हटाउने र राख्ने अधिकार प्रत्योजन गर्ने तथा चार जना नेतालाई स्पष्टिकरण सोधेर कारवाही गर्नेसम्मको अधिकार लिएर ओलीले पार्टीभित्रको सबै अधिकार कब्जामा लिएका छन् । शनिवारकै बैठकबाट उनले १० औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन गर्न लगाएर माधव नेपाल पक्षलाई पार्टीभित्र निषेध गर्ने रणनीति लिएका छन् ।

पार्टीभित्र केन्द्रीय कमिटीको १० औ बैठकमा नेपाल पक्षका कोही पनि नेताहरुलाई नबोलाई केन्द्रीय कमिटी विस्तार गरेर ओलीले आफ्नो पक्षमा बहुमत मात्रै पुर्याएनन उनले विधान संशोधन गरेर पार्टीभित्र ७० वर्षको उमेर हद हटाएर अबको दिनमा आफै अध्यक्ष बन्ने बाटो समेत खुलाए । 

शनिवारको १२ औं बैठकले विद्यमान दुई सय ६४ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरे । बैठकले वर्तमान अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल आयोजक समितिको क्रमशः अध्यक्ष तथा महासचिव रहने निर्णयसमेत गराए ।

वैठकले १० औं राष्ट्रिय महाधिवेशन मंसिर २ गते देखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको छ । यसैगरी संगठन विभाग प्रमुख विष्णु पौडेल र नेता टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको व्यवस्थापनको जिम्मेवारी पनि दिएका छन् ।

ओलीले महाधिवेशन आयोजक कमिटिका बैठकहरुको माइन्युट गर्ने जिम्मेवारी विष्णु रिमाल र प्रदीप ज्ञवालीलाई दिएका छन्  । यसैगरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९(अप्रिल २२) का दिन नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको स्थल मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय समेत गराए ।

बैठकले समानुपातिक सांसदको हेरफेर, निर्वाचन आयोग र अदालत लगायतका संवैधानिक निकायमा पत्राचार गर्नेजस्ता सबै अधिकार अध्यक्ष ओली आफै लिए । यो निर्णयसँगै नेकपा एमालेमा अध्यक्ष ओली थप शक्तिशाली मात्रै बनेका छैनन उनी ‘वान म्यान् आर्मी’ बनेका छन् । उनले माधव नेपाल पक्षसँग गुटगत संवाद नगर्ने तर, व्यक्तिगतरुपमा सबैलाई समेट्ने बताएर नेपाललाई भित्तामै पुर्याएर छाड्ने रणनीति लिएका छन् ।

शनिवार ओली पक्षले केन्द्रीय बैठकले नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषाललाई पार्टी विपरितका गतिविधि गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । ओली अब यतिमा मात्रै रोकिने अवस्था देखिएको छैन । उनले माधव नेपाल र सो समूहका धेरैजसो नेताहरुलाई पाखा लगाएर आफू पक्षका नेताहरुलाई पार्टीभित्र स्थापित गर्ने रणनीतिमा लागेका छन् । उनले आफ्नो समूहमा धेरै जसो नेताहरु निर्वाचन जितेर आउनसक्ने भन्दै नआत्तिन ढाडस दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ