arrow

पत्नीसहित एमाले केन्द्रीय कमिटी वैठकमा सहभागी वामदेव भन्छन्, 'आत्मसर्मपण गरेको छैन'

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
bamdev-gautam.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवादकै क्रममा वालुवाटारमा आयोजना गरेको केन्द्रीय कमिटीको बैठकमा पुगेका वामदेव गौतमले केपी ओलीसँग आत्मसर्मपण नगरेको बताएका छन् । राष्ट्रिय एकता अभियान बनाएर सक्रिय रहेका तत्कालिन एमाले उपाध्यक्ष गौतमले आफूले आत्मसमर्पण नगरेको बताएका हुन् ।

बालुवाटारमा शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएका गौतमले पार्टी एकताकै पक्षमा आफूले धारणा राखेको र त्यसै अनुसार शनिबार अबेर आफ्नो ४ बुँदे धारणा सार्वजनिक गर्दै ओलीसँग आत्मसमर्पण नगरेको बताएका हुन् ।

केपी ओली एमालेको अध्यक्ष रहेको भन्दै त्यसलाई समूह भन्न नमिल्ने तर उनको कार्यशैली गलत रहेको गौतमले बताएका छन् । उनले भनेका छन्, ‘केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ । त्यसलाई समूह भन्न मिल्दैन । तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन। गर्ने पनि छैन ।’

गौतमले फागुन २८ निर्णय फिर्ता हुनुपर्ने समेत बताएका छन्। उनले फागुन २८ बैठक एमाले केन्द्रीय कमिटीको बैठक नै नभएको बताएका छन् । यस्तै उनले पार्टी भित्र रहेका कमरेडहरुलाई कारबाही गर्न नमिल्ने बताएका छन् । गौतमपत्नी तुलसा थापा ओली पक्षको भेलामा सहभागी भइरहेकी छिन् । गौतम पत्नी सहभागी भैरहेको अवस्थामा गौतम पनि शनिवारको बैठकमा सहभागी भएका थिए । उनले त्यहाँ एमाले व्यूताइएकोमा खुशी व्यक्त गरेका थिए । त्यसै अनुसार उनले पार्टी एकताको पक्षमा धारण राखेका र माधव नेपालहरुलाई कारवाही गर्न नहुने पक्षमा धारणा राखेका भएपनि गौतमले ओलीलाई समर्थन गरेको सार्वजनिक भएपछि शनिवार उनले आफ्ना ४ बुँदे धारणा सार्वजनिक गरेका हुन् ।

४ बुँदे धारणा
१. फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन। त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ।

२. पार्टी भित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।

३. केपी ओली एमाले अध्यक्ष हुनुहुन्छ। त्यसलाई समूह भन्न मिल्दैन। तर उहाँको कार्यशैली गलत छ। उहाँका अगाडि मैले आत्मसमर्पण गरेको छैन । गर्ने पनि छैन ।

४. म पार्टी एकता राष्ट्रीय अभियानमा छु। उद्देश्य पूरा नहुँदासम्म अभियान जारी रहने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ