arrow

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : देशभर फेरि सभा, जुलुस र भेला नगर्न आग्रह

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
health-ministry.jpeg

काठमाडौँ । कोरोना भाइरसको महामारी जारी नै रहेका बेला स्वास्थ्य मन्त्रालयले सचेत हुन भन्दै विज्ञप्ति जारी गरेको छ ।

आइतबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा सङ्क्रमण बढ्न थालेकोले नेपालमा समेत सङ्क्रमण फैलिन सक्ने हुँदा सचेत रहन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा सामाजिक दुरी कायम गर्न, यसअघिकै स्वास्थ्य मापदण्ड कायम गर्न र देशभर सामूहिक भेला, गोष्ठी, जुलुस, र्‍याली जस्ता गतिविधिहरू समेत नगर्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ