arrow

महान्यायाधिवक्तामा बडाललाई प्रधानन्यायाधिशले गराए शपथ

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
Ramesh_Badal.JPG

काठमाडौँ । प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई  शपथ ग्रहण गराएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधिश जबराले बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

 शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आइतबार विशेष समारोह आयोजना गरिएको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना तथा सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।  

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गरेकी थिइन् ।

तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको हो ।

सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्ताले काम गर्नुपर्ने हुन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ