arrow

मेस्सीको अर्को कीर्तिमान, बार्सिलोनाले बर्सायो आधा दर्जन गोल 

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
messi71.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा कप्तान लियोनेल मेस्सीको कीर्तिमानमा उपाधि दाबेदार बार्सिलोनाले फराकिलो जित हात पार्न सफल भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियाल सोसिडाडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रिजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले एक गोल फर्काए ।

३६ मिनेटसम्म गोलको खडेरी खड्किएको खेलमा ३७ मिनेटदेखि बार्सिलोना आक्रामक भएको थियो । 

मेस्सीको रेकर्ड
यो खेलका लागि मैदानमा उत्रनासाथ मेस्सीले रेकर्ड बनाएका थिए । उनी बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडी बनेका छन् । 

मेस्सी बार्सिलोनाका लागि ७६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् ।

मेस्सीले बार्सिलोनाका पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जाभीले ७६७ खेल खेलेका थिए । 

आइतबार रातिका अन्य खेलको नतिजा 
गेटाफे १–१ इल्चे
भ्यालेन्सिया २–१ ग्रानाडा
भिल्लारियल २–१ काडिज
एथलेटिको मड्रिड (लुइस सुवारेज) १–० डेपोर्टिभो एलाभेस

अंक तालिका
२८ औं चरणको खेलको समाप्तिसम्म शीर्ष स्थानको एथलेटिको मड्रिडको ६६ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ६२ अंक छ । 

तेस्रो स्थानको रियाल मड्रिडको ६० अंक छ । सेभियाको ५५ अंक छ भने रियाल सोसिडाडको ४५ अंक छ । आइबर, डेपोर्टिभो र हुएस्का रेलिगेशन क्षेत्रमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ