arrow

एमालेका चार नेताका घरमा स्पष्टीकरणको प्रश्न पत्र पठाइयो

नेता रावललाई पत्र बारे थाहा छैन

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
uml-fkag.jpg

काठमाडौं। नेकपा एमालेले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेताको घरमा स्पष्टीकरणको पत्र पठाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोध्दै प्रश्नसहितको पत्र उनीहरूका घरमा पठाएका हुन् । 

पार्टी कार्यालयका एक कर्मचारीले पार्टी हित विपरीत गतिविधि कि गरेको भन्दै चारै नेताका घरमा स्पष्टीकरणको पत्र बुझाइएको जानकारी दिए । ती नेताका घरमा उनीहरूका स्वकीय सचिवहरूलाई पत्र बुझाइएको हो । 

तर एमाले नेता भीम रावलले भने स्पष्टीकरणबारे पठाइएको पत्र बारेमा आफूलाई थाहा नभएको जानकारी दिए ।  ‘खै मलाइ पत्र आएको थाहा छैन, कस्तो पत्र भन्नु भएको हो थाहा भएन,’ नेता रावलले हाम्राकुरासँग भने । 

एमालेका चार नेतालाई पार्टी हित विपरीत गतिविधि गरेको भन्दै गत शनिवार बसेको केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण बुझाउनका लागि तीन दिनको समय दिइएको एमाले पार्टी कार्यालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ