arrow

स्पष्टीकरणप्रति योगेश भट्टराईको आपत्ति, ‘प्रश्न सोध्नेहरु नै लाखौं प्रश्नको घेरामा छन्'

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
yogesh-bhattrai3.jpg

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश कुमार भट्टराईले एमालेका चार नेताहरुलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाएका छन् ।

वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु डा. भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिएकोमा सामाजिक संजालमार्फत आपत्ति प्रकट गरेका हुन् ।

भट्टराईले प्रश्न सोध्नेहरु नै लाखौं प्रश्नको घेरामा रहेको भन्दै ट्वीट गरेका हुन् । गत चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठक राखेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सपठाइोही अनुरुप चार जना नेताको घरमै स्पष्टीकरण पत्र पठाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ