arrow

फास्टट्रयाकमा अनियमितता आशङ्का : लेखा समितिपछि विकास समिति पनि अध्ययनमा

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
fast-track1.jpg

काठमाडौं। नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई मधेस द्रुतमार्ग आयोजनामा उत्पन्न समस्याका विषयमा प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले अध्ययन गर्ने भएको छ । 

संसद्को लेखा समितिले हाल सो द्रुत मार्गको दुई वटा ठेक्कामा अनियमितता भएको आशङ्कामा अध्ययन गरिरहेकोमा संसद्कै विकास तथा प्रविधि समितिले द्रुत मार्गमा देखिएका समस्याहरूको अध्ययन गर्न समिति बनाएको हो । 

सो आयोजनाका २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता भएको उजुरीपछि लेखा समितिले छानबिन गर्दै आइरहेको छ ।

सोमबार बसेको विकास तथा प्रविधि समितिको बैठकले सांसद गणेश पहाडीको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य छन् । समितिले दुई महिना भित्रमा आयोजनाका बारेमा अध्ययन गर्ने छ । 

समितिले द्रुत मार्ग निर्माणमा भएका ठेकेदार छनोट प्रक्रिया, खोकना मुआब्जा विवाद लगायत निर्माणका क्रममा देखिएका लापरबाही र समस्याहरूको अध्ययन गर्ने बताइएको छ । 

समितिका सदस्य तोकिएका सांसद लामाले तोकिए अनुसार काम भए नभएको समितिले हेर्ने जानकारी दिए । यस्तै द्रुतमार्गमा भएका समस्याहरूका विषयमा पनि समितिले समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गर्ने जानकारी दिए । 

‘तोकिए अनुसार काम भए नभएको समितिले हेर्छ, आयोजनामा देखिएका समस्याहरूका विषयमा पनि समितिले समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गर्छ,’ लामाले भने । 

लेखा समितिले भने छानबिनका  क्रममा रक्षा मन्त्रालयसँग प्रतिक्रियासहित आवश्यक कागजात मागेर अध्ययन गर्दै  आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ