arrow

अर्घाखाँची सिमेन्टद्वारा निर्माण विज्ञसँग अन्तर्क्रियाको आयोजना

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
arghakhanchi-delear-meet.jpg

काठमाडौँ। नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट मध्येको एक अर्घाखाँची सिमेन्ट प्रालिले शनिवार कपनको फैकामा निर्माण विज्ञ र व्यवसायी सँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरूलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय स्तरमा घर तथा आवासहरूको निर्माणमा योगदान गरिरहेका निर्माण व्यवसायी हरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी उक्त कार्यक्रमको आयोजना गरेको हो।

जम्मा ८० जना निर्माण विज्ञ तथा व्यवसायी हरूको उपस्थिति रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिल सम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तर्क्रियाको सञ्चालन गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनीय भूमिका हुने बताउँदै निर्माण व्यवसायी हरूलाई सो अभियानमा सघाउन आग्रह गरे।

“मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरीय निर्माण सामाग्रीको चयनमा निर्माण व्यवसायीहरूले ध्यान दिन आवश्यक छ,” उनले बताए।

आधिकारिक बिक्रेताहरूको प्रतिनिधित्व गर्दै जय शम्भु निर्माण सेवा (हार्डवेयर)का सञ्चालक रामचन्द्र श्रेष्ठले आफूले वर्षौँदेखि अर्घाखाँची सिमेन्टको बिक्री वितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट सो उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए।

“मैले बिक्री गर्ने सिमेन्टहरू मध्ये अर्घाखाँची सिमेन्ट नै सबैभन्दा स्तरीय सिमेन्ट हो। त्यसैले तपाईँ निर्माण व्यवसायी हरूलाई घर बनाउँदा सोही सिमेन्टको प्रयोग गर्न म अनुरोध गर्दछु,” उनले बताए।

कम्पनीले कार्यक्रममा लक्की ड्रमार्फत तीन जना भाग्यशाली निर्माण व्यवसायी हरूलाई आकर्षक उपहारहरूको वितरण गरेको थियो।यसै गरी गत साता अर्घाखाँची सिमेन्टले काठमाडौँको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
नयाँ