- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाहरुलाई पुर्खाद्वारा आर्जित ज्ञान सीप र स्र्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न अभिप्रेरित गरेका छन् ।
बालबालिका सम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्याहरु र आफ्ना सुझावहरु दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा र आइपुगेका बालबालिकाहरुलाई सम्बोधन गर्दै ओलीले बालबालिकाहरुलाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताए । ‘तपाईहरुले सिर्जनात्मक बन्दै नयाँ रकर्ड बनाउनुपर्छ’, प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले बालबालिकालाई आफ्नो कामप्रति इमान्दार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढंगले सहभागी हुन सुझाव दिए । साथै उनले नेपालका बालबालिकाहरु ज्ञानमा निपूर्ण तथा आविष्कारक पुर्वजको सन्तती भएको उल्लेख गर्दै मेहेनत गरेमा जुनुसुकै काम गर्न पनि बालबालिकाहरु सक्षम हुने पनि बताए ।
पूर्वजहरुले ज्ञान विज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको पनि उनले बताए । ‘त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मेहेनत गरेर प्रगति गर्नुपर्छ’, ओली भने ।
बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरुको समूह कन्र्सोटियम नेपालद्वारा आयोजित उक्त कार्यक्रममा बालबालिकाहरुले परिवार र समाजमा बालमैत्री वातावरण बन्नुपर्ने विद्यालय व्यवस्थापन समितिसहित स्थानीय तहका बालबालिका सम्बन्धी संरचनाहरुमा बाल क्लवहरुका बालबालिकाहरुको अनिवार्य र अर्थपुर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारहरुले लागु गर्नुपर्ने सुझाव दिएका छन् ।