arrow

दुर्घटनामा दिवङ्गत विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई मेगा बैङ्कको ७ लाख रुपैयाँ

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
mega.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र, कुस्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बिमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ।

मेगा बैङ्कमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिवङ्गत कर्मचारी शर्माका परिवारलाई मेगा बैङ्कले सोही खाताको बिमा बापतको रकम सात लाख रुपैयाँ प्रदान गरेको हो। कर्मचारी शर्माको बिद्युत् लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते मृत्यु भएको थियो। मेगा बैङ्क गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुस्मा शाखाका प्रबन्धक केशव आचार्य लगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बिमा बापतको रकम हस्तान्तरण गरे।

रकम ग्रहण गर्दै ढकालले पतिको मृत्युपश्चात् बैङ्कले प्रदान गरेको बिमा रकमले परिवारको भरण पोषणमा निकै ठुलो सहयोग पुग्ने भन्दै मेगा बैङ्कलाई धन्यवाद दिए।

यसै गरी, काली गण्डकी एकेडेमीका प्रिन्सिपल एवं गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतका सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्य, जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्य, नेपाल बिद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराई लगायतले कर्मचारी शर्माको पीडामा मलहम लगाएको भन्दै मेगा बैङ्कको प्रशंसा गरेका थिए।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैङ्कले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको मेगा बैङ्ककी सिइओ अनुपमा खुञ्जेलीले बताइन्। यो खाता खोल्ने ग्राहकहरूलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैयाँसम्मको व्यवस्था गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ