- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले तागत भए प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव पास गरेर हटाउनले चुनौती दिएका छन् । उनले सबैभन्दा ठुलो पार्टी एमाले भएकोले सबै दल मिलेर हटाउनले नसक्ने चेतावनी दिएका छन् ।
‘म यो चेतावनी दिन चाहन्छु कि एमाले बाहेक सबै दल मिलेर अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री केपी ओलीलाई हटाउनले सक्छ तर अहिलेको अवस्थामा त्यो सम्भव छैन । सबै भन्दा पावर फुल सरकार यही हो यसलाई कसैले हटाउनले सक्दैन ' उनको भनाई थियो ।
ललितपुरमा आयोजित क्षेत्र नम्बर ९को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपत्यका इन्चार्ज समेत रहेका मन्त्री श्रेष्ठले सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर देखाउनले चेतावनी दिए । उनले भने 'यो सरकार नेपालको इतिहासमा अहिलेसम्मको शक्तिशाली सरकार हो, यो सरकारलाई कसैले हटाउनले सक्दैन ।'
चुनावपछि एमाले सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्दै त्यसको लागि सबै नेता र कार्यकर्ता चुनाव लक्षित कार्यक्रममा
यही सरकारले चुनाव गर्छ, फेरी बहुमत ल्याएर केपी ओली नेतृत्वको सरकार बन्छ उनको भनाई थियो ।
पार्टीको विधान विपरीत गुटको भेला गरेको कारण एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुषाललाई स्पष्टीकरण सोधेको स्पष्ट पार्दै राजनीतिलाई अस्थिर पार्न खोज्नेमाथि कारबाहीको थालनी गरेको चर्चा गरे ।
एमाले भएर पार्टी अध्यक्ष माथि नै कारबाही गर्ने चलखेल गर्छ भने उनीहरूमाथि स्पष्टीकरण नसोधे के गर्ने ? अब कारबाही प्रक्रिया अघि बढ्यो, चित्त बुझ्दो जवाफ नदिए विधानमा व्यवस्था भए अनुसार अघि बढाइनेछ । उनले भने 'स्पष्टीकरण सोधेका नेताहरूको जवाफ पर्खेका छौ, उचित समयमा विधान अनुसार कारबाही प्रक्रिया अघि बढाउने छौँ ।'
मन्त्री श्रेष्ठले पार्टीभित्र अराजक प्रकृति बढेकोले कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गरे । ‘उहाँहरूलाई पार्टीले रहर गरेर स्पष्टीकरण सोधेका होइन, विधि, प्रक्रिया र नियम मिचेको कारण पार्टीको पूर्ण बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधेका हौ ।'
प्रधानमन्त्री ओलीको कार्यकालमा माओवादीका महासचिव नेत्रबहादुर चन्द (विप्लव) र तराई आन्दोलनका नेता सिके राउतलाई राजनीतिको मूल धारमा ल्याउनले सफल भएको चर्चा गरे ।
उनले प्रचण्ड प्रधानमन्त्री भएपछि मात्रै मेलम्चीको पानी खुवाउने योजना असफल भएको उल्लेख गर्दै बुहारी एवं खानेपानी मन्त्री बीना मगरको कारण मेलम्चीको पानी आउनले नसकेको टिप्पणी गरे । ओली सरकारले एक वर्ष अघि नै पानी ल्याउने तयारी गरिसकेको थियो , त्यस बेला खानेपानी मन्त्रीकै कारण रोकिएको थियो । अब ढुक्क हुनुस् मेलम्चीको पानी उपत्यका छिरिसकेको छ, केही दिनमै घरघरमा पानी आउँछ ।भने 'अब चैत १५ गते घरघरमा आउने छ, यो सरकारको यो अति महत्त्वपूर्ण सफलता हो । यसले प्रचण्डको अर्को योजना असफल भएको छ ।'
अगुवा कार्यकर्ता भेलामा उनले आफ्नो निर्वाचन क्षेत्र नमुना क्षेत्र भएको बताउँदै अझै थप योजना सहितको काम गर्न बाकी रहेको बताए । भने 'मेरो निर्वाचन क्षेत्रका अधिकांश सडक पिच भएको छ , एक दर्जन भन्दा बढी स्थानमा पार्क निर्माण भएको छ । भीमढुंगा र रामकोट जोड्ने क्षेत्रमा काठमाडौँकै लामो झोलुङ्गे पुल बन्ने भएको छ । स्युचाटारवासीको घर घरमा खानेपानी पुगिसकेको छ ।'
उनले सबै अब निर्वाचनको लागि तयारी रहन सबै कार्यकर्तालाई आग्रह गर्दै त्यसको लागि पार्टीले सहयोग गर्ने बताए । एमालेको सूर्य चिन्हमा मतदान गर्न सबै कार्यकर्तालाई अघि बढ्न निर्देशन दिँदै त्यसको लागि आफूले सबै प्रकारको सहयोग गर्ने बताए ।