arrow

१० दिनभित्र नयाँ सरकार बन्ने अमनलाल मोदीको दाबी

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
anmol-modi.JPG

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद अमनलाल मोदीले अबको ८-१० दिनभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेको पनि जनाए । यसको लागि आफूहरू छलफलमा रहेको उनको भनाई छ ।

उनले आफूहरूले सुरुदेखि नै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको दिनदेखि नै विरोध गरेको स्मरण गराए । उनले भने,‘हामीले सरकारका विभिन्न गतिविधिबारे सुरुदेखि नै आवाज उठाउँदै आएका हौँ । संसद विघटन गरिसकेपछि हामीले नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्छ भनेको हो । आन्दोलन गरेकै हो । नागरिक समाज-हामी सबै एक ठाउँमा उभियौँ । प्रतिगमनविरुद्ध आन्दोलन गरेकै हो । संसद पूनःस्थापना भएपछि, नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा, अहिलेसम्म नदिएकोमा हामी छक्क परेका छौँ । राजीनामा दिनुपर्ने हो । हाम्रो त प्रस्ट माग छ। सांसदप्रति वितृष्णा भएको मान्छे हो । तर, राजीनामा दिनुभएन ।’

नेता मोदीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा राष्ट्रिय रूपमा निकास निकाल्नुपर्नेमा रहेको सुनाए । उनले प्रधानमन्त्री ओली र मदेसवादी दलबिचको गठबन्धनको कुरा कोट्याउँदै आफूलाई शङ्का लागेको सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ