arrow

सरकारको समर्थनबारे माओवादी केन्द्रले मङ्गलवार निर्णय गर्ने

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
Parisdanda-maoist-cpn.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मङ्गलवार स्थायी कमिटी बैठक बोलाएको छ ।  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसहित वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न मङ्गलवार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि दलहरूबीचमा भइरहेका छलफल र आगामी रणनीतिक विषयमा समेत छलफल हुनेछ ।

बैठकमा पार्टी साङ्गठनिक संरचनासहित, भातृ सङ्गठनका गतिविधि लगायतका विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ