arrow

कोरोना भाइरसः ‘सरकार तीन करोड मानिसको पछि लागेर साध्य हुँदैन आफैं बच्नुस्’

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
Dr_Jageshwar-Gautam-_brifing.JPG

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकार तीन करोड मानिसको पछि लागेर नहुने भन्दै आफैं बच्नका लागि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सरकार तीन करोड मानिसको पछि लागेर साध्य हुँदैन । नेपाल सरकारले सबैलाई ‘वार्न’ गरेको छ । व्यवहार यस्तो गर्नुस् भनेर ‘रिक्वेष्ट’ गरेको छ ।’

डा. गौतमले सरकारले सबैभन्दा राम्रो उपाय अपनाएको समेत दाबी गरेका छन् । उनले नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश नगरेको दाबीसमेत गरेका छन् । तर उनी भन्छन्, ‘तर सम्भावना छ ।’

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा मंगलबार बिहान उनले भने, ‘महाराष्ट्रमा बढिसकेको छ । उत्तर प्रदेश र बिहारमा बढ्नासाथ नेपालमा पनि बढ्ने सम्भावना छ ।’

उनले कोरोना नियन्त्रणमा रहेको दाबीसमेत गरेका छन् । तर सक्रिय संक्रमित एक हजार भन्दा बढी हुनु भनेको धेरै भएको समेत बताएका छन् । जनतालाई आफैले पनि सचेतना अपनाउन उनले भनेका छन् । 

उनी भन्छन्, ‘सरकारले मात्र काम गरेर पुग्दैन जनताको पनि त्यत्तिकै भूमिका छ । नारा जुलुसमा नजाने, भीडभाड नगर्ने, यिनीहरुले मलाई कोरोना सार्न सक्छन् भनेर सचेत हुने, ज्यान जान सक्छ भनेर सचेत हुने हो भने कोरोना बढ्दैन ।’ 

स्वास्थ्य मन्त्रालयले आइतबार मात्रै सूचना जारी गरी कोरोना बढिरहेकाले भीडभाड हुने किसिमका कुनै पनि गतिविधिमा सरीक नहुन आग्रह गरेका छन् । 

उनले भारतमा कोरोना बढेको भन्दै त्यहाँबाट आउनेले अपनाउनु पर्ने सावधानीबारे ‘इन्डियाबाट आउनु भएको छ भने क्वारेन्टिनमा बस्न लगाउनुस् भनेर स्थानीय तहलाई भनेको छ’ भनेका छन् । 

उनले आउँदै गरेको होलीबाट पनि सावधानी अपनाउन आग्रह गरेका छन् । डा. गौतमले भने, ‘होली अर्को वर्ष मनाउन पनि सकिन्छ । ज्यानलाई जोखिममा नपार्नुस् । ’

उनले ‘संक्रमणको दर घटेको छ जोखिम घटेको छैन’ भनी सचेतसमेत गराएका छन् । 

नेपालले कोरोना भाइरसविरुद्धको खोप लगाउन छाडेको सम्बन्धमा छिट्टै भारतबाट थप खोप आउने र यसको व्यवस्थापन हुने बताएका छन् । पहिलो चरणमा खोप लगाएकाहरुलाई बैशाख ७ देखि ११ सम्म खोप लगाउने व्यवस्था गरिएको पनि उनले बताए । 

आफूहरु कोरोनाको खोप लगाउनेमा ‘वान अफ द बेष्ट’ रहेको दाबीसमेत उनको छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ