arrow

भारतमा कोरोना सङ्क्रमण बढेपछि सीमा नाकामा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

मास्क नलगाई हिँडेको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १० मंगलबार
home-_affairs-design-election1.jpg

काठमाडौं। गृह मन्त्रालयले छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर उच्च गतिमा बढ्दै गएपछि सीमा नाकामा सुरक्षा सतर्कतामा कडाइ गर्न निर्देशन दिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै सीमा नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाउन मातहतका संयन्त्रलाई निर्देशन गरिएको जानकारी दिए । 

मन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो । 

गृह प्रवक्ता बुढाका अनुसार सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकाहरूमा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्न निर्देशन दिएको छ । 

यसै गरी आम सर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृहले आग्रह गरेको छ । मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउनसमेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । 

मन्त्रालयका अनुसार मास्क नलगाई हिँडेको पाइए सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको हो । 

मन्त्रालयले छिमेकी मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि अन्य आवश्यक पर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने नीति लिएको छ । यस्तै डिजिटल सञ्चारका साधनहरूबाट सुरक्षा सावधानीका उपायहरूबारे सचेतना सन्देश प्रसारण गर्ने नीति पनि गृह मन्त्रालयले लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ