arrow

माधव नेपालले भने - हामी एमाले, केपी ओली बिमाले, सिमाले

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
madhav-kumar-nepal-kp-sharma-oli.jpg

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले पार्टी केपी ओलीको नभई आफ्नो समूहको भएको दाबी गरेका छन् । मङ्गलवार आफ्नो समूह आबद्ध अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नेपालले नेकपा एमाले नामको पार्टी आफ्नो समूहको रहेको दाबी गरेका हुन् ।

‘नेकपा एमाले केपी ओलीको होइन, हाम्रो हो, केपी ओली बि-माले, सि-माले हुन्,’ नेता नेपालले सम्बोधनका क्रममा भने,‘उनले पार्टी छाडेर गए हुन्छ ।’

उनले ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिनेसमेत स्पष्ट पारे । ‘कथित स्पष्टीकरणबाट तर्सिने वाला छैनौँ, सामना गर्न तयार छौँ,’ नेता नेपालले भने ।

ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटनको दिशामा लगिरहेकोसमेत नेपालले आरोप लगाए । उनले आफ्नो नीति पार्टी फुटाउने नरहेको भन्दै मैदान पनि नछाड्ने बताए ।

ओलीले राजावादीसँग साँठगाँठ गर्ने गरेको आरोप लगाउँदै नेपालले राजतन्त्र कुनै हालतमा फर्कन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ