arrow

नवलपुर क्षयरोगको उच्च जोखिममा 

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ चैत १० मंगलबार
TB-nawalpur.jpg

कावासोती । नवलपुर जिल्ला क्षयरोगको उच्च जोखिममा रहेको मङ्गलवार जिल्लाको देवचुलीमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले बताएका छन् ।

 विश्व क्षयरोग दिवस २४ मार्चको पूर्व सन्ध्यामा जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको आयोजना र दामियन फाउन्डेसनको सहयोगमा आयोजित पत्रकारहरू सँगको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्ला मध्य नवलपुर दोस्रो उच्च जोखिममा रहेको जिल्लामा परेको जनाइएको हो । 

यस आ.वको हालसम्म जिल्लामा २ सय २२ जना क्षयरोगका रोगी फेला परेका छन्  । त्यसतै १९ जनामा क्षयरोग पूर्ण रूपमा निको नभएर पुनः बल्झिएको कार्यक्रममा जानकारी गराइएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कको अनुसार यस आ.व हाल सम्म जिल्लाको कावासोतीमा ५९ जना, मध्यविन्दुमा ४३ जना, देवचुलीमा ४२ जना, गैँडाकोटमा ३८ जना, विनयीत्रिवेणीमा २४ जना, हुप्सेकोटमा १९ जना, बुलिङ्टारमा १० जना र वौदीकालीमा ६ जना क्षयरोगका बिरामी फेला परेका छन् । यो तथ्यांकले आधारमा प्रदेशकै दोस्रो धेरै क्षयरोगका बिरामी रहेको जिल्ला भएको पुष्टि गरेको कार्यक्रममा जानकारी गराइएको थियो । 

जिल्लामा रहेका २ सय ४१ मध्ये उच्च जोखिममा रहेका १८ जना बिरामीलाई अहिले पनि छुट्टै स्थानमा राखिएको छ । कसैको पनि सम्पर्कमा नआउने गरी उनीहरूलाई मध्यविन्दुमा डि आर होम स्थापना गरी राखिएको  कार्यक्रममा जानकारी गराइएको थियो । उच्च जोखिममा रहेका क्षयरोगका बिरामीलाई राख्नका लागि दामियन फाउन्डेशनको १ करोड ५० लाखको लागतमा डि आर होम स्थापना गरिएको फाउन्डेसनका प्रबन्धक शालिकराम रिजालले बताए । 

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जिल्लाका करिब ६०% जनसंख्या अहिले पनि क्षयरोगको जोखिम रहेको बताए । उनका अनुसार जिल्लाको ग्रामीण क्षेत्र  भन्दा बजार क्षेत्र यो रोगको उच्च जोखिममा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ