arrow

स्पष्टीकरणमार्फत कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा हो : विष्णु रिजाल

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
bishnu_risal.jpg

काठमाडौं । नेकपा एमाले खनाल-नेपाल पक्षका नेता विष्णु रिजालले माधव नेपालबिनाको नेकपा एमाले कल्पना गरे त्यो एकीकृत एमाले नभइ विभाजित एमाले हुने समेत बताएका छन् ।

बुधबार सामाजिक संजालमा प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरुलाई लिएर एमालेमा स्पष्टिकरणमार्फत् कारवाहीको शिलशिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको समेत औंल्याएका छन् ।

‘यति कुरा प्रष्ट छ’ भन्दे रिजालले ६ बुँदामा एमाले एकताका आधारहरु पनि प्रष्टाउन खोजेका छन् । उनले नेकपा (एमाले)को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्नुपर्ने बताएका छन् ।

१.आजको नेकपा (एमाले) निर्माणमा माधवकुमार नेपालको योगदान सधैं अग्रणी र नेतृत्वदायी छ । ०३१ सालमा कोअर्डिनेसन केन्द्रको स्थापना गर्दै ०३५ मा नेकपा (माले) का रुपमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र ०४७ मा नेकपा (एमाले) निर्माण गरेर त्यसको नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा उहाँ एमाले धाराको प्रमुख नेताका रुपमा स्थापित हुनुहुन्छ । त्यसैले आज कसैले माधव नेपालबिनाको नेकपा (एमाले) को कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित एमाले मात्र हुन्छ ।

२. आफ्नो पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरुलाई निष्काशन गरेर र अर्को पार्टीबाट मन्त्रीमा आएकाहरूलाई साथमा लिएर बलियो एमाले बन्छ भनेर कसैले सोच्छ भने त्यसमा भन्नु केही छैन । तर, यति कुरा प्रष्ट छ, यसले एमालेलाई गहिरो गरी विभाजित गर्दछ र विभाजन गर्ने नेताहरुको नेतृत्वमा यसको क्षतिपूर्ति गर्न सम्भवै छैन ।

३. तत्कालीन पार्टी नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेको र सडक आन्दोलन समेत चलेको बेला भएका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टीकरणमार्फत कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा हो । तसर्थ, स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यस प्रकरणलाई एक दुःखद अध्यायका रुपमा यही समाप्त गर्नुपर्छ ।

४.नेकपा (एमाले) को एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्नुपर्छ । फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनःस्थापित नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्नुपर्छ र विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता जे(जे निर्णय गर्नुपर्ने हो, त्यही बैठकबाट गर्नुपर्छ ।

५. अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले) को सरकारलाई बाँकी दुई बर्ष निरन्तरता दिनका लागि पार्टी एकताबद्ध हुनुपर्छ र अरु पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चित गर्नुपर्छ ।

६. हरहालतमा नेकपा (एमाले) को एकतालाई बचाउनुपर्छ । यसका लागि नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्छ र दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ