arrow

पूर्वमन्त्री गोकुल बाँस्कोटा पत्रकार महासंघको सदस्य !

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
gokul-baskota1.JPG

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनावी सरगर्मी बढीरहेका बेला पूर्वमन्त्री गोकुल बाँस्कोटा पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको पाइएको छ ।

हालै सार्वजनिक भएको पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो । बाँस्कोटाको नाम मतदाता सूचीको दोस्रो नम्बरमै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट पूर्वमन्त्री बाँस्कोटाको नाम महासंघको मतदाता सूचीमा देखिएपछि पत्रकारहरुमाझ यस विषयले चर्चा पाएको छ । महासंघको विधान अनुसार पार्टीको केन्द्रीय सदस्य एवम् मन्त्री समेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न मिल्दैन ।

पूर्व पत्रकारसमेत रहेका बाँस्कोटा २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए । पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री रहेका बाँस्कोटा ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक भएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ