- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । आज भन्दा ठिक एक वर्ष अगाडि चैत्र ११ गते नेपालमा कोरोना भाइरस संक्रमणलाई न्यूनीकरण गर्नका लागि लकडाउन गरिएपछि सवै क्षेत्र ठप्प हुन पुगेका थिए । झन्डै ९ महिना लामो लकडाउन पश्चात्, चहलपहल छाउन थालेको नेपाली बजारमा पुनः दोस्रो एवं तेस्रो मुलुकहरूमा दोस्रो पटक फैलिन थालेको कोरोना भाइरसले एक खालको त्रास पैदा गराएको छ ।
संक्रमण न्यून भएपछि पर्यटकका लागि खुल्ला गरिएको लुम्बिनी प्रदेश स्थित बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै गएका वेला पुनः तीव्र रूपमा फैलिँदै आएको दोस्रो कोरोना भाइरसको प्रभावले लुम्बिनी भ्रमणको चहलपहलमा फेरी (व्रेकअप) गर्ने हो कि भन्ने अंशका गर्न थालिएको छ ।
गत वर्ष २०७६ साल चैत्र ११ गते बाट बन्द गरिएको बुद्ध जन्म स्थल लुम्बिनीमा गत मङ्सिर ३ गते मन्त्रीमण्डलको निर्णयपछि पुनः पर्यटकहरूका लागि खुल्ला गरिएको थियो । मङ्सिर ३ गते बाट चैत्र ७ शनिवार सम्म कुल २ लाख ३१ हजार ८ सय ६२ पर्यटकहरूले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताएका छन् ।
लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार, पर्यटक आगमनको संख्यामा केही भारतीयहरू रहे पनि तर, बिदेशीहरुको भने उपस्थित न्यून रहेको पाइएको छ । काठमाण्डौँ स्थित विभिन्न देशका राजदूत तथा अन्य कूटनीतिक नियोगका व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू नआएको बताइएको छ ।
उनले भने, यद्यपि नेपाली पर्यटकहरू भने आउने क्रम बढ्दै गएको बताउँदै, पूर्व देखि पश्चिम महाकाली सम्म बाट बुद्ध जन्म स्थल लुम्बिनी अवलोकन गर्न आउने गरेको बताए । तर विडम्बना, पर्यटकको सङ्ख्या पुरानै शैलीमा उतारेर लुम्बिनी क्षेत्रलाई ब्युँताउने लक्ष्य रहे पनि पछिल्लो समय दोस्रो पटक फैलिँदै गएको कोरोना संक्रमणले फेरी सुनसान बनाउने हो कि भन्ने त्रास बढेको उल्लेख छ ।
हाल सम्म आन्तरिक रूपमा लुम्बिनीमा भ्रमण गर्न जानेहरूमा रुपन्देहीको भैरहवा, बुटवल, कपिलवस्तु र नवलपरासीका लगायतका छिमेकी अन्य जिल्लाका मानिसहरू पनि जानेको गरेको लुम्बिनी विकास कोषले जनाएको छ । उनीहरू धेरैजसो त्यहाँ रहेको मायादेवी मन्दिर पुग्ने गरेको कोषले बताएको छ ।
लुम्बिनीमा पर्यटकहरूका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करिणी कुण्ड, विभिन्न स्वदेशी तथा विदेशी विहार, विश्व शान्ति द्वीप र केन्द्रीय नहरमा नौका विहार लगायत स्थानहरू आकर्षक रहेका छन् ।