arrow

मिस मेघा सुस्मिता तामाङको दुवै मिर्गौला फेल, उपचार गर्न आर्थिक अभाव 

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
susmita2.jpg

काठमाडौं । मिस मेघा-२०१८ विजेता सुस्मिता तामाङ(ब्लोन) को दुवै मिर्गौला फेल भएपछि उपचार गर्न आर्थिक अभाव भएको छ ।

चिकित्सकहरुको सल्लाह अनुसार सुस्मिताको मिर्गौला प्रत्यारोपण(ट्रास्सप्लान्ट) गर्नुपर्ने भएपछि उनको परिवार आर्थिक सहयोगको याचना गरिरहेको छ ।

चितवन रत्न नगरपालिका–१२ डाफे मुनाल टोल बस्ने मिस मेघा भइसकेकी सुस्मिताको मिर्गौला प्रत्यारोपण गर्न करिब २० लाख खर्च लाग्ने उनको परिवारले जानकारी दिएको छ ।

मानव सेवा अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत सुस्मिताको मिर्गौलाको प्रत्यारोपण नगरेसम्म हप्ताको तीन पटकसम्म डाइलासिस गरिरहनु परेको छ ।

डाइलासिस देखि प्रत्यारोपण गर्न सुस्मिताको परिवारलाई आर्थिक अभाव भएकाले सबै सहयोगी मनहरुसँग आर्थिक सहयोगको माग गरेका छन् । उनलाई आर्थिक सहयोग गर्न इच्छुकहरुले निम्न बमोजिमको बैंक खातामा रकम जम्मा गर्न सकिने छ ।

Sukmaya Bholon(Prabhu Bank-Naranghat Tadi-chitwan)A/C No-0171070162630000001 contact No-9826275187, 9823117454- e-sewa-9817342739

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ