arrow

ललिता निवासमा निर्माण भएका घर टहरा हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
Shivamaya.jpg

काठमाडौं । बालुवाटारस्थित बहुचर्चित ललिता निवास क्षेत्रभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाएकी छन् । 

मन्त्री तुम्बाहाङफेले मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न भनेको छ ।

शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेख्दै नक्सापास र संरचना निर्माण रोक्न पत्राचार गर्नुभएको छ । मन्त्री तुम्बाहाङफेले ललिता निवासको जग्गाबारे अदालतमा मुद्दा चलिरहेकाले त्यसलाई रोक्न निर्देशन दिएको जानकारी दिए । 

बहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ