arrow

कोरोना फर्की फर्की आउने महामारी हो, भयावह हुन नदिऔं : प्रधानमन्त्री

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
kpfinal1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भयावह हुन नदिन सरकार सतर्क रहेको बताएका छन् ।

कोरोना महामारीको पनि महामारी भएको बताउँदै उनले भने, ‘यो फर्की फर्की आउने महामारी हो । जेसुकै भनिएपनि सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने कार्य गरेर संक्रमणलाई सून्य तुल्याउनु यसको सबैभन्दा प्रभावकारी विधि रहेको धारणा उनको थियो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका थिए ।

‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या होकी ? स्थिति भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’उनले थपे, ‘अहिले स्थिति भयावह नभएपनि यसको अर्को जेनेरेशन चाहीं अझबढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ ।’

दिनैपिछे घटदै आइरहेको संक्रमण दर फेरि बढदा सतर्क हुनुपर्ने अवस्था आएको बताए । कोभिड १९ लाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउँदै उनले संक्रमणबाट बच्ने र बचाउने कुरा मुख्य भएको धारणा समेत राखे ।

कोभिड–१९ खोपले पनि नयाँ भाइरसको लागि काम गर्छ कि गर्दैन भन्ने यकिन नभएको पनि उनले बताए ।  कोभिडको सन्दर्भमा नेपालले जीवन पहिले की अर्थतन्त्र पहिले भन्ने बहस छेडिएको पनि ओलीले बताए । कतिपय मुलुकले अर्थतन्त्र भनेको उल्लेख गर्दै उनले नेपालले जीवन पहिला भन्ने मान्यता अंगालेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ