arrow

झापामा भारतबाट फर्किएकी महिलाको कोरोनाबाट मृत्यु

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत १२ बिहिबार
Corona-covid-province-1.jpg

झापा । झापा जिल्लाको कन्काइ नगरपालिका ३ सुरुङ्गामा कोरोनाका कारण एक महिलाको मृत्यु भएको छ । मण्डल थरकी एक ३९ वर्षीया महिलाको कोरोनाका कारण बिहीबार बिहान ज्यान गएको हो ।

सुरुङ्गा बजारमा पसल गरी बस्ने उनको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे ज्यान गएको हो।

१० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगी घर फर्किएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिएका छन् ।

भारतबाट घर फर्किएसँगै श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई बिर्तामोडको बिर्ता सिटी अस्पताल भर्ना गरिएको थियो।

उपचारका क्रममा उक्त महिलामा कोरोना पुष्टि भए सँगै थप उपचारका लागि बिएण्डसी रेफर गरिएको थियो। उपचारकै क्रममा कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएको हो।

 



नयाँ