- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रेशम चौधरी र लक्ष्मण चौधरीको रिहाइको माग राख्दै थारु कल्याणकारीणी सभा र थारुहट-थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध सभामा गृहमन्त्री राम बहादुर थापा बादल पनि सहभागी भएका छन् ।
माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री बादलले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यान गएको बताए ।
जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाइको एजेण्डासहित सरकारसँग वार्ता गरिरहेकै समयमा भइरहेको आन्दोलनमा गृहमन्त्रीनै सहभागी हुनुलाई महत्वका साथ हेरिएको छ ।
आन्दोलनमा सहभागी भएका गृहमन्त्री थापाले समस्या समाधानका लागि सरकारले चाँडै वार्ता टोली बनाउने र आन्दोलनकारीलाई पनि वार्ता टोली गठन गरी वार्तामार्फत समस्याको समाधान खोज्न आब्हान गरे ।
टीकपुर घट्नाका मुख्य दोषी मानिएका चौधरीको रिहाइको माग गर्दै राजधानीको माइतीघर मण्डलामा काँग्रेस, एमाले र माओवादी समर्थित थारु संघ संगठनले आन्दोलन सुरु गरेका हुन् । संयुक्त संघर्ष समितिले चैत ८ गतेदेखि संयुक्त रुपमा धर्ना सुरु गरेको हो ।