arrow

मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत असईलाई ट्रकले दियो ठक्कर, घटनास्थलमै मृत्यु

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
madan-kapar.JPG

जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको छ । जनकपुर बर्दिबास सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका वडा नम्बर १० स्थित लाल गढमा ट्रकले असई मदन कापरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका छन् ।

असई मदन कापर प्रदेश नम्बर दुईको मुख्यमन्त्री मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कार्यरत थिए ।

शुक्रवार बिहान करिब ३ बजेको समयमा बर्दिबासबाट जनकपुरतर्फ आउँदै गर्दा असई कापर चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले बताए ।

ठक्कर दिई तत्काल घटनास्थलबाट फरार भएका ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको छ ।

मृतक असई महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी रहेको बुझिएको छ।   धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार ठक्कर दिने ट्रक सुनसरीबाट नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको छ । असई कापरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ